२ जेष्ठ २०७३, आईतवार

death-1

महोत्तरी, महोत्तरीको सोनममा आज बिहान एक व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको छ ।
सोनमा गाविस– ९ मा अवस्थित कान्तवा बाँधमा तैरिरहेको अवस्थामा नाम, वतन, थर खुल्न नसकेको अन्दाजी ५५ वर्षीय तराई मूलको जस्तो देखिने सो व्यक्तिले जिउमा कुर्ता र धोती तथा दाहिने हातमा रुद्राक्षको माला लगाएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो । रासस

 

LIVE TV