२ जेष्ठ २०७३, आईतवार
मुख्य प्रशासनिक केन्द्र घेर्दै मधेसी गठबन्धन

मधेशी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गर्ने कार्यक्रम राखेसंगै स्थानिय प्रशासनले विहानैबाट बाक्ले मात्रामा प्रहरी परिचालन गरेको छ ।

wwwwगठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंहदरबार परिसरका विभिन्न नाकाहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिने कार्यक्रम घोषणा गरिएको छ।सिंह दरबार घेराउ कार्यक्रमका लागि तराई मधेशका जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता काठमाडौंमा भित्राएका छन्। दिभरि सांस्कृतिक कार्यक्रम, कविता बाचन, भाषण र हास्यव्यंग्य प्रस्तुति लगाएतका कार्यक्रम गर्ने भएका छन्। बेलुका गठबन्धनका कार्यकर्ता पार्टीले तोकेको आवासमा बस्न जानेछन् ।

 

 

कुन नेता कुन क्षेत्रमा तैनाथ ?
सिहंदरबारको सर्वसाधारणको प्रयोगमा आउँने दक्षिणी गेट घेराउ गर्ने नेतृत्व सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लिएका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माइतीघर तर्फबाट सिंहदरबार घेर्ने कार्यक्रम तय गरिएको छ।
दक्षिणी गेटमा महन्थ ठाकुर नेतृत्वको तमलोपा, महेन्द्र यादवनेतृत्वको तमसपा नेपाल, शरतसिंह भण्डारीनेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादवनेतृत्वको फोरम गणतान्त्रिकका कार्यकर्ताहरू रहनेछन्। नयां बानेश्वर ३ नम्बर गेटबाट बिजुली बजार हुँदै हनुमानथानसम्म जुलुस र त्यसपछि प्रहरीको घेरा तोडेर दक्षिणी गेटसम्म पुग्ने योजना महतोको रहेको स्रोतले बताएको छ। सरकारले हनुमानथान क्षेत्रलाई निषेधित क्षेत्रको रुपमा लिँदै आएको छ।

माइतीघर मण्डलाबाट सिंहदरबार घेराउनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्ने छन्। यादवको नेतृत्वमा गठबन्धनमा आवद्ध जनजाति सम्बद्ध दल र संवगनहरू सहभागि हुने  छन्।

यसअघि पुतली सडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट चारै तर्फबाट सिंहदरबार घेराउ गर्ने बताइएपनि शुक्रबार दुई स्थानबाट घेराउ गर्ने कार्यक्रम तय गरिएको हो। सोचेजति कार्यकर्ता नआउने आँकलन गर्दे दुई स्थान मात्र रोजिएको स्रोतको भनाइ छ।

आइतबारको धर्ना कार्यक्रमको प्रचारमा शनिबार गठनबन्धनले काठमाडौंका विभिन्न स्थानमा र्याजली प्रर्दशन गरेको थिए । ¥यालीमा सरकार बिरोधी नाराहरू लगाउँदै संविधानमा सबै जातजाति, मधेशी, आदीवासी, जनजाती, थारु, महिला, मुस्लिम लगायतका उपेक्षित समुदायहरुको अपनत्व हुने संविधान निर्माण हुनुपर्ने मागहरू राखिएको थिए ।

कस्तो छ सुरक्षा तयारी ?

सरकारले घेराउलाई लिएर कडा सुरक्षा योजना बनाएको गृह श्रोत जनाएको छ।

LIVE TV