२ जेष्ठ २०७३, आईतवार

सिरियामा आइएस लडाकु र सरकारी सेनाबीचको भिडन्तमा ५५ जनाको मृत्यु, मारिनेमा सरकारी पक्षका ३५ जनासहित २० आईएस लडाकु भएको पुष्टि ।
सिरियामा बिद्रोही संगठन आइएसका लडाकू र सरकारी सेनाबीचको भिडन्तमा ५५ जना मारिएका छन् । डेर अल जौरको एक अस्पताल कब्जा गर्न गएका आइएस लडाकु र सरकारी सेनाबीच भिडन्त भएको हो ।

siriya
सिरियाको पूर्वी क्षेत्रमा रहेको अल असाद अस्पताल कब्जा गर्न गएका आईएस लडाकूलाई लामो भिडन्तपछि उक्त स्थानबाट लखेट्न सिरियाली सरकार सफल भएको हो । मारिनेमा ३५ जना सरकारी पक्षका र २० जना आईएस लडाकू रहेको जनाइएको छ । घटनापछि अस्पतालका केही कर्मचारीलाई आईएस कार्यकर्ताले कब्जामा लिएका छन् । लडाकूले उक्त स्थानमा दुई वर्षदेखि सरकार नियन्त्रित क्षेत्र आफ्नो कब्जामा लिनुका साथै दुई लाखभन्दा बढी सर्वसाधारणलाई चेपुवामा पार्दै आएका थिए ।

LIVE TV