२ जेष्ठ २०७३, आईतवार

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको आरोपमा थप एक आरोपी पक्राउ परेका छन् । सिंघानिया हत्या काण्डमा मुख्य सुटर मानिएका मनक लामालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

 sanjaya_sahaजिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाको टोलीले लामालाई नेपाल–भारत सीमा क्षेत्रको विराटनगर नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लामा प्रहरीलाई छल्दै मलेसिया बस्दै आएका थिए । लामा विदेशबाट फर्केपछि भारतको विभिन्न सहरमा लुकीछिपी बस्दै आएका थिए । पक्राउ परेका लामालाई भोलि आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सञ्चार उद्यमी सिंघानिया हत्या आरोपमा अहिलेसम्म छजना पक्राउ परिसकेका छन् । सिंघानियाको २०६६ फागुन १७ गते होली पर्वका दिन जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो । ६ फागुन १७ गते होली पर्वका दिन जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।

LIVE TV