२ जेष्ठ २०७३, आईतवार

काठमाडौंको सैनिकमञ्चस्थित टुँडीखेलमा शनिबार बेलुकी बलिउड सुन्दरीहहरुको रौनक छुट्टै थियो । नायिका सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका ओरोरा खानले टुँडिखेल तताए ।Sonakshi-Sinha

‘अमरपंक्षी’ सांगीतिक कार्यक्रमका लागि हजारौँ जम्मा भएका थिए। करिब साढे ६ बजे नेपाल आर्मी ब्यान्डले आर्मीको लोगो सङ्ग ‘रातो र चन्द्र सूर्य’  हुँदै बलिउडका दुई सुन्दरीको लागि उनीहरुकै हिट नम्बर मलाइकाको ‘चल छैयाँ छैयाँ’ र सोनाक्षीको ’जादु ए चल गया’को धुनले स्टेज पुरै ततायो ।Malaika-Arora-768x512

नेपाल सैनिक श्रीमति संघको आयोजनामा भएको कार्यक्रममा नेपाली नायिकाहरुले पनि आफ्नो प्रस्तुती दिए । पि्रयंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, निशा अधिकारी, इन्दिरा जोशी र सुस्मा कार्की लगायत नायिका तथा गायिकाहरुले स्टेजमा उत्रिएर दमदार प्रस्तुती दिएका थिए ।

Priyanka-Karki-768x512

Rekha-Thapa-768x512

tundi

LIVE TV