१ जेष्ठ २०७३, शनिबार

mo

सिद्धान्त र बैचारिक आधार भन्दापनि व्यक्तिगत स्वार्थ एवं क्षणीक उन्मादमा आएर माआवादी पार्टी विभिन्न घटकमा विभाजित हुन पुग्यो । दश वर्ष लामो सशस्त्र द्धन्द्ध ताका एक भएर संर्घष गरेका नेताहरु शान्ति प्रक्रियावाट संसदीय लोकतन्त्रलाई स्विकार गर्ने अवस्थामा आएपछि भने चरम विभाजनको शिकार भए । विभाजित विभिन्न घटकका माओवादीहरु यतिखेर एकीकरणको प्रक्रियामा व्यस्त देखिएका छन् ।

शनिवार वास्तवमा एकीकृत नेकपा माओवादीको लागि सुखद दिन रह्यो । विभिन्न घटकका माओवादी पार्टीहरुसंग एकीकरण गर्ने निर्णय एकीकृत माओवादीले धेरै पहिले नै गरेको थियो । तर छलफल, बहस र प्रक्रियाले ठोस आकार ग्रहण गर्न सकेको थिएन् । यसै परिस्थिती माझ शनिवार मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको बहुमत केन्द्रीय सदस्यले रामबहादुर थापाको संयोजकत्वमा एकीकृत माओवादीसंग एकिकरण गर्ने निर्णय ग¥यो । जसमा अध्यक्ष मोहन बैद्यसहितका केही नेताहरु भने सहभागी भएनन् ।

यस्तै गरी मातृका यादव, मणि थापा, नेत्रविक्रम चन्दका केही केन्द्रीय सदस्य लगायतले पनि एकीकृत नेकपा माओवादीसंग एकीकरण गर्ने निर्णय गरिसकेका छन् । यो अवस्थालाई आधार मान्दै एकीकृत नेकपा माओवादीको शनिवार बसेको केन्द्रीय समिति बैठकले विभिन्न माओवादी पार्टीहरुसंग दुई साता भित्रमा एकीकरण गर्ने निर्णय समेत गर्यो । माओवादी पार्टी एक भएमात्र एजेन्डाहरु संस्थागत गर्न सकिने नेताहरुले दावी गर्दै आएका छन् ।

तत्कालीन विद्रोही माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि मुलभुत एजेन्डाहरु छोडेको, जनजीविकाका प्र्रश्नमा मौन रहेको, आफैले भन्दै आएको फोहोरी संसदीय खेलको बन्दी बनेको र नेताहरु चरम विलासी हुँदै गएको गम्भिर आरोप लाग्दै आएको थियो । यस्तैगरी द्धन्द्धपीडितका तथा बेपत्ता परिवारका समस्यामा निस्क्रिय हुँदै आएको, पटक पटक सरकारमा जाँदापनि प्रभावकारिता देखाउन नसकेको र पार्टीका नेताहरुमा अनुशासनको चरम खडेरी देखिएको आरोप पनि माओवादी नेताहरुमा थियो ।

यी सवै कारणहरुले गर्दा माआवादी पार्टी विभिन्न समूहमा विभाजित मात्र भएन बैचारिक एवं व्यवहारिक दुवै रुपमा निकै कमजोर र अस्तव्यस्त बनन पुग्यो । माओवादी घटक मध्येको ठूलो दल एकिकृत नेकपा माओवादीको समेत सांगठनिक संरचना निकै कमजोर हुँदै कार्यकर्ता जोगाई राख्न समेत हम्मे परेको छ । यस्तो अवस्थामा माओवादीहरुबीच एकताको विकल्प रहेन पनि ।

 

LIVE TV