१ जेष्ठ २०७३, शनिबार

IN

बर्दीसहित काठमाडौंका आएका दुई जना भारतीय प्रहरीलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएर नेपालस्थित भारतीय दूतावासलाई बुझाएको छ । शुक्रबार राती बर्दीसहित आएका २ जना भारतीय प्रहरीलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणपछि दूतावासका अधिकारीलाई बोलाएर जिम्मा लगाएको काठमाडौंका एसएसपी बिक्रमसिंह थापाले जानकारी दिनुभयो । पक्राउ परेका २ जना भारतीय प्रहरीले भारतीय न्यायाधीश परिवारसहित नेपाल घुम्न आएको र आफूहरु उनको सुरक्षा गार्ड भएको बताएका थिए ।

त्यसपछि  नेपाल प्रहरीले भारतीय प्रहरीलाई वर्दी फुकालेर सादा पोशाक लगाएर नेपाल घुम्न आग्रह गरेका थिए । उनीहरुले साथमा हतियार भने बोकेर नल्याउने प्रहरीले जनाएको छ ।

LIVE TV