१ जेष्ठ २०७३, शनिबार

वन्यजन्तु तथा जडिबुटी तस्करका मुख्य नाइके शेरबहादुर लामाले बर्दिया राष्ट्रिय निकुन्जको हिरासतमा आत्महत्या गरेका छन् ।

शौचालयको भेन्टिलेसनमा गम्छाको पासो लगाएर उनले शुक्रबार राती आत्महत्या गरेको बर्दिया प्रहरीले जनाएको छ ।

उनी नेपाल र भारत दुवै देशमा मोस्ट वान्टेड सूचीमा रहेका थिए । बन्यजन्तु अपराध, जडिबुटी र मुर्ति तस्करीका उनी मुख्य नाइके भएको प्रहरीले जनाएको छ । हुम्ला बरगाँउ ४ का लामा शुक्रबार बिहान बाँकेको राँझा चोकबाट पक्राउ परेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र मध्य पश्चिम क्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान टोलीको संयुक्त प्रयासमा उनी पक्राउ परेका हुन् ।

भारतीय वन्यजन्तु अपराध नियन्त्रण ब्युरोले बाघ मार्ने बन्जारा समूह पश्चिम नेपाल प्रवेश गरेको खबर गरे पछि सम्भावित तस्करको खोजीमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली सक्रिय भएको  थियो ।

LIVE TV