१ जेष्ठ २०७३, शनिबार

afp

अफगानिस्तान, अफगानिस्तानको एक प्रहरी तालिम केन्द्रमा शनिबार बिहानै भएको आतङ्ककारी हमलामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको समाचार छ ।

सो केन्द्रमा प्रहरीले तालिम गरिरहेका थिए र आतङ्ककारीले विस्फोटक पदार्थले भरिएको एक कार लगेर ठोक्काएको थियो ।

त्यस विस्फोटमा परी छिमेकी घरका तीन जना सर्वसाधारण मारिएका छन् । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा सो आक्रमण भएको थियो ।

हेल्मण्ड प्रान्तको नाद अलि जिल्लामा शनिबार बिहान आतङ्ककारीले सो हमला गरेको थियो । बिहान नौ बजे नै सो हमला भएको थियो ।

बिहानको समयमा तालिमका लागि सानो सङ्ख्यमा मात्र प्रहरील जम्मा भएकोले ठूलो दुर्घटना हुनबाट जोगिएको समाचारमा जनाइएको छ ।

विस्फोटको बारेमा विस्तृत समाचार दिइएको छैन । यस घटनाको अनुसन्धान जारी रहेको छ । अनुसन्धानपछि थप विवरण प्राप्त हुने सो प्रान्तका प्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् ।

अफगानिस्तानमा पछिल्लो समयमा यस्ता आतङ्ककारी हमला झन बढ्न थालेका छन् । यस घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

तर पछिल्लो समयमा अफगानिस्तानका तालिवानहरुले यस्ता हमलाहरु गर्ने गरेकोले यसमा पनि ती तालिवानकै हात रहेको अनुमान गरिएको छ । रासस÷एएफपी

 

LIVE TV