१ जेष्ठ २०७३, शनिबार

हाम्रो देशमा फिल्महरुको बजार सानो भए पनि प्रत्येक साता दुई वा सो भन्दा बढि फिल्महरु एकै साथ हलमा लाग्ने गरेका छन् । जेष्ठको १४ लाई रीलीज डेट तोक्दै फिल्म ‘किन गरे माया’पनि अभि फिल्मस्को ब्यानरमा दिलकुमार प्यासिले प्रस्तुत गरेका छन् । फिल्ममा नयाँ कलाकारहरुलाई प्राथमिकतामा राखीएको छ ।

kina gare maya nepali movie poster

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नयाँ पुस्ताको प्रेम कथामा आधारीत फिल्म ‘किन गरे माया’लाई हिरा लाल घलानले निर्माण गरेका हुन् । त्यस्तै फिल्मको निर्देशक रमेश बोगटी रहेका छन् । फिल्मको कथा पनि प्रस्तुतकर्ता दील कुमार प्यासिकै रहेको छ ।फिल्मको रीलीज मिती सार्वजनिक गरीए सँगै फिल्मको निर्माण पक्षले पब्लसिटिलाइ तिब्र गतीमा अगाडी बढाईरको छन् । भर्खरै मात्र पनि फिल्मको नयाँ गीत रीलीज गरीएको थियो । फिल्मको रीलीज गीत संगीत तथा अफिसियिल ट्रेलरले पनि दर्शकहरुको ध्यानाकर्षण गरीराखेको छ । फिल्ममा समाबेश गरीएका गीतहरुलाई चर्चीत गायक तथा गायीका राजेश पायल राई, दीपक लीम्बु,माधबी त्रिपाठी,मनिशा पोखरेल लगाएतले स्वरबद्ध गरेका छन् ।

फिल्मलाई दिब्य सुबेदी र नीराज कँडेलले खिचेका हुन् । फिल्मको संगीत महेश खड्का र बसन्त सापकोटाले भरेका छन् । शंकर महर्जनले द्धन्द निर्देशन गरेरका छन् ।
जेष्ठको १४ बाट दर्शक माझ प्रदर्शनमा आउँदै गरेको फिल्म ‘किन गरे माया’मा आयुष रेग्मी,सञ्जु सिलवाल,सरु घलान,सुष्मा कार्की,रष्मी भट्ट,दील कुमार प्यासि लगाएत कलाकारहरुले लीड रोलमा अभिनय गरेका छन् ।

LIVE TV