१ जेष्ठ २०७३, शनिबार

नयाँ ट्राफिक जरिवाना जेठ १ अर्थात आजबाट लागू भएको छ । शुक्रबार मात्रै याातयात ब्यासायीहको छलफलमा गृहमन्त्री शक्ति बहादूर बस्नेतले तत्काल नयाँ ट्राफिक जरिवाना लागू नहुने बताएपनि ट्राफिक प्रहरी भने नयाँ ट्राफिक जरिवाना आजबाट मातहतका सबै ट्राफिक प्रहरीलाई पत्र पठाएको छ ।

ट्राफिक प्रहरी उच्च अधिकारीका अनुसार गृहमन्त्रीको निर्देशनमा नरोकिने बताएका छन मन्त्री परिस्दको निर्णय समेत भएर राजपत्रमा समेत प्रकाशित भएका कुनै राजनैतिक दल आद्धत यातायात व्यासायीले तत्कल रोक्नू भन्दैमा गृहमन्त्रीले रोक्न् हुने गृहमन्त्री स्वय आफूले समेत निर्णय गरेकाले तत्काल नयाँ ट्राफिक जरिवाना लागू कुनै हातलमा नरोकिने बताएका छन् ।
जुन पत्र यस्तो छ ।

13183060_10207531386457851_1638765775_n

यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै ट्राफिक प्रहरीले वैशाखको दोस्रो साता जरिवानामा २० प्रतिशतसम्म बढाएको थियो। सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको महाशाखाका डिएसपी ज्ञानेन्द्र पाख्रिनले बताए। ‘करोडौंको गाडी चढ्नेहरुका लागि २ सय जरिवाना उपयुक्त पनि भएन,’ महाशाखाका डिआईजी प्रकाश अर्यालले भने, ‘पूरानो ऐनलाई संशोधन गर्दै समयअनुकल बनाएका हौं।’traffic-law

ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक २ हजारभन्दा बढी चालक  कारबाहीमा पर्ने गरेका छन्। पहिला न्युनतम ५० रुपैयाँ ट्राफिक जरिवाना थियो भने बढीमा एक हजारसम्म। तर, नयाँ नियम अनुसार न्युनतम ५ सय र बढीमा १५ सयसम्म जरिवाना तोकिएको छ।

ट्राफिक प्रहरीले जरिवाना एक्कासी बढाएपछि चालकले भने चर्को असन्तुष्टि जनाएका छन्। उनीहरूले उपत्यकाको सडक साघुँरो र जिर्ण भएको, सडक बत्ति नभएको र उपत्यका जस्तो स्थानमा ट्राफिक लाईटको व्यवस्था नभएको स्थानमा ती कुराहरुलाई वेवास्ता गरि जरिवाना मात्र एक्कासी बढाउनु असान्र्दभिक भएको बताएका छन्।

 

सवारी नियम पालना गराउन नयाँ उपाय

सवारीचालकले ट्राफिक संकेतको बेवासता गर्न थालेपछि त्यसलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले नयाँ उपाय अपनाएको छ ।

माइतीघरबाट भद्रकाली मोडिने नयाँ बाटोतर्फ ट्राफिक प्रहरी नदेखिँदा ट्राफिक  सङ्केतको बेवास्ता गर्ने क्रम बढेको र बढी दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीको प्रतिमूर्ति राखिएको छ ।

हेर्दा ट्राफिक प्रहरी नै उभिएजस्तो देखिने चिटिक्क परेको प्रतिमूर्ति देखिएपछि सवारीचालक ट्राफिक प्रहरी नै उभिएको टान्छन् । महानगरीय ट्राफिक प्रहरीका नायब उपरीक्षक सवन प्रधानले संकेतको चालकले वेवासता गरेका कारण प्रतिमूर्ति राखेको जनाए ।

स्रोत र साधनको अभाव भएका कारण यस्तो उपाय अपनाएको उनले बताए ।

के गरे कस्तो कारबाही

५०० जरिवाना हुने कसुरहरू

१ तोकिएको भन्दा बढी मालसामान राखेमा

२ सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको

३ सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको

४ प्रयोजन बिपरीत सवारी चलाएको

५ हेल्मेट नलगाएको

६ सवारी आवागमनमा बाधा पुरयाएको

७।अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको

८ छतमा यात्रु बोकेको वा राखेको

 

१००० जरिवाना हुने कसुरहरू

१ सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको

२ सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा

३ दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको

४ मादक पदार्थ सेवन गरी सवारी चलाएको

५ सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

 

१५०० सम्म जरिवाना हुने कसुरहरू

१ ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको

२ सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको

३ सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको

४ सडकमा गलत साईड तर्फबाट सवारी चलाएको

५ एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।

६ अवस्था ठिक नभएको सवारी चलाएको ।

७ निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।

८ राती बत्ती नबाली सवारी चलाएको ।

९ सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।

१० नम्बर प्लेट नराखी सवारी चलाएको ।

११ सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको।

१२ पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।

१३ सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।

१४ सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।

१५ निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।

१६ लापरवाहीका साथ सवारी चलाएको ।

१७ बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।

१८ सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।

LIVE TV