३१ बैशाख २०७३, शुक्रबार

ट्राफिक नियम उल्लघन गर्नेलाई वढाइएको जरिवाना तत्काल कार्यान्वयन नहुने भएको छ । करिव एक महिना अगाडि नियम उल्लघंन गर्नेलाई २ सय २० प्रतिशतसम्म जरिवानामा बृद्धि हुने भनिएको थियो ।

traffic-rule-violetionजेठ १ गते देखि लागु हुने गरि वढाइएको जरिवाना शुक्रवार यातायात व्यवसायी र सरकारकाबीच तत्कालका लागि उक्त निर्णय कार्यान्वयन नगर्ने सहमति भएको हो । यातायात व्यवसायीले आफुहरुलाई काठमाण्डौ नगर क्षेत्रमा पार्किङको निकै समस्या हुने गरेकोले सरकारलाई पार्किङको लागि ठाउँ तोक्न आग्रह गरेको थियो । सरकार तत्काल पार्किङ स्थल तोक्न नसकेपछि जरिवाना तत्कालका लागि नवढाउन सहमत भएको हो । ट्राफिक जरिवानामा अस्वभाविक बृद्धि भएकोले उक्त निर्णयमा पुर्नविचार गर्ने समेत दुबै पक्षबीच सहमति भएको छ ।

– दिपक चन्द

LIVE TV