३१ बैशाख २०७३, शुक्रबार

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार सम्बन्धमा विभिन्न ठेक्काको म्याद बढाइएकामा आपत्ति जनाउँदै छानविन गरेर दोषी कर्मचारीमाथि कारवाही गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

TIAव्यवस्थापिका संसद् अन्र्तगतको समितिको शुक्रबार बसेको बैठकले पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, सचिव प्रेमकुमार राई लगायतलाई बोलाई ठेक्काको म्याद बढाउने तथा भेरिएशन समेत परिवर्तन गर्ने काम भइरहेको भन्दै छानविन गरेर दोषी कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

विमानस्थलको सुधार सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण अन्र्तगत आधा दर्जनभन्दा बढी काम सुरु गरिएकामा कुनै पनि काम समयमा पूरा हुन सकेका छैनन् । समितिले हवाइ उडान तोकिएको समयमा नै गर्ने, लगेजहरु समयमा दिने तथा सेवाग्राहीलाई मैत्रीपूर्ण व्यवहार गर्ने व्यवस्था मिलाउनपनि निर्देशन दिएको छ । यस्तै गरी विमानस्थलको सरसफाइमा सुधार गर्न र पसलहरुलाई व्यवस्थित तुल्याउन र ठोस मापदण्डका आधारमा विमानको भाडा निर्धारण गर्न पनि निर्देशन दिएको छ । बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने लगायतका अधिकृतहरुले आ आफ्नो जिम्मेवारीमा पर्ने काममा सुधार गरेर विमानस्थलको अवस्था सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । – बुद्धि शर्मा

LIVE TV