३१ बैशाख २०७३, शुक्रबार

यातायात व्यवस्था कार्यालय मेचीद्धारा सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण प्रक्रिया सुरु, लामो समयपछि खुलेकोले लाइसेन्स लिनेको घुँइचो

Mechi_Nepalयातायात व्यवस्था कार्यालय मेचीले लामो समयपछि सवारी चालक अनुमती पत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरु गरेपछि लाइसेन्स लिने सेवाग्राहीको घुँइचो लागेको छ । पछिल्लो एक वर्ष देखि कार्यालयले लाइसेन्स वितरण प्रक्रिया नियमित गर्न सकेको थिएन ।

यातायात व्यवस्था कार्यालय मेचीले शुक्रबार ‘ए’ क्याटागोरी अन्र्तगतको मोटरसाइकलको लाइसेन्सका लागि दरखास्त आह्वान गरेको थियो । बिर्तामोडस्थित यातायात कार्यालयले खुलाएको आवेदन भर्न शुक्रबार विहानैदेखी हजारौं सेवाग्राही लाममा लागेका थिए । लाइसेन्सको आवेदन भर्न मेचीको झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग लगायत कोशी अञ्चलका विभिन्न जिल्लाका मोटरसाइकल चालकहरुको घुँइचो लागेको थियो । यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जर्नादन भट्टराईले दरखास्त भर्नेको संख्या अहिले यकिन नभएपनि १० हजारको हारहारीमा आवेदन भरिएको अनुमान गर्नुभयो ।

बिशेष गरेर पछिल्लो समय ‘ए’ क्याटागोरी अन्र्तगतका नयाँ सवारी बढेपनि त्यसका चालकले लाइसेन्स पाउन सकेका थिएनन् ।

LIVE TV