३१ बैशाख २०७३, शुक्रबार

केहि दिन अगाडी नेपालमा एक मात्र फरेन्सिक बिशेषज्ञ डा हरिहर वोस्ती मात्र छन् भनि न्युज २४ मा गएको समाचार गल्ति भएकोले यो समाचारलाइ सच्याएको छ । नेपालमा पछिल्लो समय फरेन्सिक बिशेषज्ञहरु ४० जना नाघेको र केहिदिन अगाडी मात्र मेलेसन नामक मेडिकल लिगल सोसाइटी अफ नेपाल संस्था समेत दर्ता भएको छ ।
शंकास्पद मृत्युमा मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ पोस्टमार्टम गर्ने चिकित्सकलाई नै फरेन्सिक बिशेषज्ञ भनिन्छ देशको कानुन संग जोडिएको चिकित्सा फरेन्सिक चिकित्सा प्रति सरकारको ध्यान न्यून देखिन्छ्ब नेपालमा पोस्टमार्टम गर्ने फरेन्सिक चिकित्सा शास्त्र को पहिचान सम्म नगरिदा पोस्टमार्टम जस्तो सम्बेदनशील कार्यको ब्यबस्थापन नभएको फरेन्सिक बिशेषज्ञले बताएका छन् बिर अस्पतालमा अब्यबस्थित रहेको पोस्टमार्टम कक्ष काम चलाउको लागि टिचिंङ अस्पताल सरेको १७ बर्ष सम्म पनि काम चलाउ शैली मै छ ।
कति सम्म भने भूकम्प मा नाम नखुलेका ३२ जनाको शब् राखेको रिफ्रिजेरेटर बिग्रिएर शब कुहिन्दा पनि सरकारले नहेरे पछी आरसी आरसी ले केहि महिना अगाडी मात्र शब् राख्ने रिफ्रिजेरेटर अनुदान दिएको छ सरकारले बेवास्ता गरेर कम प्राथमिकता दिएको भएपनि नेपाल मा फरेन्सिक चिकित्साप्रति जनचासो भने बढ्दो देखिन्छ र फरेन्सिक चिकित्सा अध्यनको लागि पनि यो क्षेत्र प्रति बिद्यार्थीहरु दिनप्रति दिन बढ्दो छन् बिगतमा लामो समय सम्म नेपालमा फरेन्सिक विशेषज्ञको रुपमा डा हरिहर वोस्ति मात्र रहेकोमा अहिले ४२ जना फरेन्सिक बिशेषज्ञ हरुको सहभागितामा संस्था समेत दर्ता भएको छ ।
नेपालमा पोस्टमार्टमको लागि चाहिने उपकरण जनशक्ति प्याथोलोजी ल्याब लाश राख्ने रिफ्रिजेरेटर लगायत उचित ब्यबस्थापन मा सरकारले बेवास्ता गरेको छ देशको कानुन संग जोडिएको अतिआवश्यक र सम्बेदनशील क्षेत्रलाइ यसरि बेवास्ता गर्नु दुखद भएको फरेन्सिक बिशेषज्ञहरुको अवाज छ ।
कुनैपनि मानिसको शंकास्पद मृत्युमा मृत्युको कारण पत्ता लगाउन मृतकको पोस्टमार्टम गरिन्छ फरेन्सिक चिकित्सा शास्त्रको उदेश्य नै अदालती कामकारबाही शंकास्पद मृत्यु भएकाहरूको शरीर चिरफार गर्ने हो कसैको हत्या भएको हो या भवितव्य, पत्ता लगाउने जिम्मा फरेन्सिक बिशेषज्ञ कै हुने गर्छ फरेन्सिक चिकित्साको महत्व सरकारले बुझेको छैन र पहिचान समेत गरिएको छैन पोस्टमार्टम जस्तो सम्बेदनशील बिषय जसले पिडितलाइ न्याय र अपराधिलाइ सजाय को निर्णय लिन मदत गर्छ अदालती कार्यमा सबुत संकलन गर्न मदत गर्छ देशको कानुन संग जोडिएको चिकित्सा शास्त्रको सम्बेदनशील विधा फरेन्सिक चिकित्सा शास्त्रको बारेमा सरकार गम्भीर हुन् आबश्यक छ कम्तिमा लाशको पोस्टमार्टम गर्ने ठाउँ लाइ ब्यबस्थित गर्न अत्यन्त आवश्यक छ ।

LIVE TV