३१ बैशाख २०७३, शुक्रबार

उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री कमल थापाले प्रदेशको सीमांकनको समस्या समाधानका लागि उच्चस्तरीय राजनैतिक समिति बनाइएकोले वार्ता र सम्वादबाटै समाधान निकाल्न सकिने बताउनु भएको छ । उहाँले मधेसी मोर्चा वार्ताका लागि तयार भए आफु उच्चस्तरीय राजनैतिक समितिको संयोजक छोड्न तयार रहेको पनि प्रष्ट पार्नुभएको छ ।


शुक्रवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै उपप्रधानमंत्री थापाले प्राविधिक विषय उठाएर मधेसी मोर्चाले वार्ता र सम्वाद नचाहेको जस्तो देखिएको बताउदै मधेसी मोर्चाको माग मुलुकमा अस्थिरता कायम गर्ने प्रयास भएको आरोप लगाउनु भयो । उहाँले मधेसी मोर्चा वार्ताका लागि तयार भए आफु उच्चस्तरीय राजनैतिक समितिको संयोजक छोड्न तयार रहेको पनि प्रष्ट पार्नुभयो ।
स्थानीय विकास मंत्री समेत रहनु भएका उपप्रधानमंत्री थापाले संविधानमा उल्लेख भए अनुसार नै सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिनुभयो । उहाँले प्रमुख राजनैतिक दलहरुले स्थानीय निकायको निर्वाचनको विरोध गर्नु उपयुक्त नभएको बताउदै सरकार राजनैतिक दलहरु संग निर्वाचनका बारे छलफलका लागि तयार रहेको जानकारी दिनु भयो ।
सरकार परिर्वतर्नको हल्ला मात्र भएको भन्दै उपप्रधानमंत्री थापाले आगामी संसदको निर्वाचन वर्तमान सकारले नै गराउनुे बताउनु भयो ।

LIVE TV