३० बैशाख २०७३, बिहीबार

बालविवह, लैङ्गिकतामा आधारित हिंसा तथा प्रजनन स्वास्थ्य अधिकारको बिषयमा बालबालिकालाई चेतना दिने उदेश्यले इटहरीमा दुई दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मनदेखी मन जोड्ने यात्रा नाम दिइएको कार्यक्रममा प्रशिक्षण पाएका बिद्यार्थीहरुले सुनसरीका २० बिद्यालयमा पुगेर नृत्य मार्फत बालविवाह, लैङ्गिकतामा आधारित हिंसा तथा प्रजनन स्वास्थ्य अधिकारीको बिषयमा जनचेतना फैलाउने छन् ।
युचेप नेपालको आयोजना तथा रेष्टलेस डेप्लोमेन्ट र डान्स फर लाईफको सहयोगमा दुई दिने नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षकद्धय रेखा तिखत्री र बिनिता श्रेष्ठले बिद्यार्थीलाई नृत्य प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा सहभागी ७ जनाको टोलीले सुनसरीका बिद्यालयमा पुगेर चेतना मुलक नृत्यबाट बालविवाहको चुनौति र समाधानको बिषयमा जानकारी गराउने छन् ।
युचेप नेपालले बालविवाह, लैङ्गिकतामा आधारित हिंसा तथा प्रजनन स्वास्थ्य अधिकारीको बिषयमा सुनसरीका शिक्षक, स्वास्थ्यकर्मी, गाबिस सचिव र बिद्यार्थीहरुको सहभागितामा तालिम तथा गोष्ठी आयोजना गरिसकेको छ ।

LIVE TV