३० बैशाख २०७३, बिहीबार

संसदमा विचाराधीन सरकारको नीति तथा कार्यक्रमलाई लिएर सत्तारुढ दल एमाओवादीमा स्पष्ट दुई धार देखिएको छ ।

एमाओवादीवामपन्थी नेतृत्वको सत्ता गठबन्धनको वचाउ गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार सदनमा विचाराधीन नीति तथा कार्यक्रमको खुलेर प्रशंसा गरेका छन् । अघिल्लो दिन पार्टी महासचिव कृष्णबहादुर महराले नीति–कार्यक्रमको मुख्य एजेण्डाका रुपमा आएको स्थानिय निर्वाचन गर्न नमिल्ने बताएका थिए ।

पार्टी सचिव वर्षमान पुनसहितका नेताहरुले एमाओवादीको परामर्शबिनानै नीति–कार्यक्रम आएको दावी गर्दै सरकारी कार्यक्रमको स्वामित्व अस्वीकार गरेका थिए । ‘संविधान निर्माण, महाभुकम्प र राष्ट्रिय संकट (भारतीय नाकावन्दी) पछिको विशिष्ट अवस्थाम आएको नीति–कार्यक्रमले आधारभूतरुपमा देशका समस्या र जनताको अपेक्षा समेट्ने प्रयास गरेको छ,’ सदनमा बुधबार दोस्रो दिन जारी रहेको नीति–कार्यक्रम माथिको छलफलमा भाग लिदै एमाओवादी अध्यक्ष दाहालले भने– ‘समाजवाद उन्मुख शासन प्रणाली संविधानको ऐतिहासिक विशेषता हो ।

नीति–कार्यक्रममा कानुन बनाएरै त्यसको कार्यान्वयन, आत्मनिर्भर अर्थतन्त्र निर्माण, व्यापारको विविधिकरण, पुर्ननिर्माण, स्वदेशी लगानीमा फास्ट ट्र्याक निर्माण, किसानको सामाजिक सुरक्षा, पेट्रोलियम पदार्थको अन्वेषण, ऊर्जा संकट समाधान जस्ता धेरै सकारात्मक विषय आएका छन् । यो आफैमा सकारात्मक र स्वागतयोग्य छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

LIVE TV