३० बैशाख २०७३, बिहीबार

बनेपा । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा समितिले प्राचीन मूर्ति तथा थाङ्का संरक्षणका लागि अभियान थालेको छ ।

thankaत्यसका लागि समितिले २० दिनसम्म धुलिखेलमा प्राचीन मूर्ति तथा थाङ्का संरक्षणका लागि ३० युवा तथा युवतीलाई तालिम प्रदान गरेर उनीहरुलाई सक्षम बनाएको छ । तामाङ समुदायमा लोकप्रिय रहेको थाङ्काको अन्तर्राष्ट्रिय बजार रहेको छ । थाङ्काको अहिले रु ५०० देखि रु ६ करोडसम्ममा कारोबार हुने थाङ्का निर्माणका प्रशिक्षक धोर्जे गुरुङ लामाले जानकारी दिनुभयो ।

त्यस्तै, कलात्मक प्राचीन मूर्ति रु एक लाखसम्म पर्ने छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले विगत ४० वर्षदेखि यस्ता तालिम सञ्चालनमा आएको उल्लेख गर्दै बौद्ध संस्कृति राज्यको सम्पत्ति भएको बताउनुभयो ।

उहाँले थाङ्का निर्माणबाट युवायुवतीका लागि आयआर्जनको काम हुने बताउनुभयो । काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौलाले प्राचीन थाङ्का संरक्षण मौलिक संस्कृतिको पहिचान भएको उल्लेख गर्दै जाति विशेषको आयआर्जनका लागि सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

सो तालिममा सहभागी हुन चितवन, रसुवा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, मकवानपुर, ताप्लेजुङ लगायतका जिल्लाबाट युवायुवती धुलिखेल आएका थिए । तालिम बुधबार सकिएको हो ।

LIVE TV