२९ बैशाख २०७३, बुधबार

S M

सरकारले गत चैत २५ गते देखि कैलाली जिल्लाबाट नागरिकको स्वास्थ्य वीमाको लागि नाम दर्ता गर्ने कार्य  आरम्भ गरेको थियो ।  त्यसै अनुरुप कैलालीका २ हजार जनतालाई १ जेठ देखि स्वास्थ्य सेवा दिने कार्यको शुभारम्भ गर्ने भएको छ ।

कैलालीमा गत २५ चैत देखि स्वास्थ्य विमितहरुको नाम दर्ता सुरु भएको थियो । चैत महिनाभर दुई हजार व्यक्ति अर्थात ४ सय परिबारको नाम दर्ता भएकोले १ जेठ देखि उनीहरुले स्वास्थ्य सेवा पाउने भएका हुन् । बैशाख देखि असारसम्म दर्ता हुनेहरुको स्वास्थ्य सेवा भने भदौ महिना देखि प्राप्त गर्नेछन् । सरकारले प्रतिव्यक्ति बार्षिक ५ सय प्रिमियम तिरेपछि बार्षिक रुपमा ५० हजारसम्मको औषधिउपचार गर्न सक्ने बीमाको व्यवस्था गराएको छ ।

यसैबीच कैलालीबाट सुरु भएको स्वास्थ्य बीमाको काम असार देखि बाग्लुङ जिल्लामा पनि सुरु हुने भएको छ । यद्धपी स्वास्थ्य सेवा भने १ भदौबाट सुरु हुने जनाइएको छ ।

बीमा कार्यक्रम सञ्चालन गर्ने निकाय स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बाग्लुङमा सुरु भएको एक महिना पछि अर्थात असोज महिना देखि इलाममा पनि नाम दर्ता सुरु हुने र मंसिर देखि स्वास्थ्य उपचार सुरु गर्ने तयारी भएको जनाएको छ । कैलाली, बाग्लुङ र इलाम जिल्ला बीमा कार्यक्रमका लागि तीन बर्ष अघि नै छनौटमा परेका जिल्लाहरु हुन् ।

 

 

LIVE TV