२९ बैशाख २०७३, बुधबार

book

निजी विद्यालयका पुस्तक छापेर  बिक्री वितरण गर्ने कम्पनी र विराटनगर विक्रेताहरुले सरकारले तोकेको मापदण्ड विपरीत पुस्तक विक्री गरेर अभिभावकसंग रकम असुली गरिरहेका छन् । पाठ्यक्रमम विकास केन्द्रको अनुगमन टोलीले विराटनगरका विभिन्न पुस्तक पसलहरुमा अनुगमन गर्दा अभिभावकको ढाड सेकिने गरी पुस्तकको मूल्य बढाएर लिने गरेको खुलासा भएको छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं महासचिव बावुराम पौडेलको नेतृत्वमा आएको टोलीले विराटनगरका पुस्तक पसलहरुको अनुगमा गर्दा नाम चलेका सवै जसो पब्लिकेशनहरुले मापदण्ड भन्दा बढी मूल्य तोकेर बिक्री वितरण गरेको भेटिएको छ । तोकिएको मुल्य भन्दा बढी रकम लिनेलाई कारवाही गर्ने निर्देशक पौडेलले जानकारी दिनु भयो ।

सो अनुगमन टोलीले निजी पुस्तक प्रकाशन गृह र सरकारी पुस्तक छाप्दै आएका प्रकाशन गृहमा समेत अनुगमन गरेको थियो । अनुगमन टोलीले विराटनगरको आदर्श विद्यालयमा सरोकारवाला र विद्यार्थीहरुसंग छलफल गरी पाठ्यपुस्तकको विषयमा जानकारी लिएको थियो । सो छलफल कार्यक्रममा पूर्वाञ्चलमा अझै पनि दुई लाख पुस्तक अभाव भएको जनक शिक्षा सामग्री केन्द्रका कर्मचारीहरुले जानकारी दिएका छन् । पूर्वाञ्चलमा कक्षा ६ र ७ का अतिरिक्त कक्षा ९ को ऐच्छिक विषयका पुस्तक समेत अभाव भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

 

 

LIVE TV