२९ बैशाख २०७३, बुधबार

 

faan

राजधानीमा आयोजीत एक पत्रकार सम्मेलनमा अवार्डको सुचिमा फान पनि थपिएको घोषणा गरीएको छ । उक्त अवार्डलाई चलचित्र कलाकार संघले आयोजना गर्ने भएको हो ।

बरिष्ठ एक अभिनेतालाई एक लाख नगद राशी सहित  दीर्घ साधना सम्मान प्रदान गरीने भएको छ । राजधानीमा उक्त अवार्ड कार्यक्रम असारको १८ गते हुने भएको छ  र यो फान अवार्डको पहिलो संस्करण पनि हुनेछ ।

आयोजीत अवार्ड घोषणा कार्यक्रममा अर्जुन जंग शाही, नीर शाह, रविन्द्र खड्का जास्ता पाका कलाकारहरु उक्त पत्रकार सम्मेलनमा उपस्थित थिए । पाका अभिनेता तथा अवार्ड संयोजक कृष्ण मल्लले जम्मा  बिस (२०)  बिधामा उक्त अवार्ड बाँडिने बताएका छन् ।

f1

पोखरामा उक्त अवार्ड गरीने भनिएता पनि लागत महंगो हुने भएकोले काठमाडौंमा नै उक्त अवार्ड गर्न लागीएको हो । उक्त अवार्डका महासचिब सरीता लामीछानेले कलाकारीता बिधालाई अवार्डमा बढि समाबेश गरीने बताएकी छिन् ।

बिज्ञापन एजेन्सीको एड्भर्टाईजिङले अवार्डका तिन संस्करणहरु आयोजना गर्न स्पोञ्चर गरीदिने भएको छ । कलाकार संघका अध्याक्ष राम केशर बोगटी र बिज्ञापन एजेन्सि प्रमुख शशी रीजालले कार्य समीती सामु सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

f

LIVE TV