२९ बैशाख २०७३, बुधबार

gold

बुधबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै सुन  ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारको भाउमा प्रतितोला ६ सय रुपैयाँ घट्दै सुन मंगलवार ५५ हजार ९ सय रुपैयाँ कारोवार भएको थियो । मंगलवार ६ सयले घटेको सुन बुधवार ३ सयले बढेको छ । बुधवार तेजावी सुनप्रतितोला ५५ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको छ ।

त्यस्तै चाँदीको भाउ पनि बुधवार १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी बुधवार प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । केही दिनदेखि लगातार ७ सय ९० रुपैयाँमा स्थिर रहेको चाँदीको भाउ बुधवार  भने १५ रुपैयाँ घट्दै ७ सय ७५ पुगेको थियो ।

LIVE TV