२९ बैशाख २०७३, बुधबार

landslide

रुवान्डा, रुवान्डाको उत्तरी भूभागमा अवस्थित गाकेन्का जिल्लामा केही दिनअघि भएको भिषण वर्षापछि गएको पहिरोमा परी ज्यान जानेको सङ्ख्या ५५ पुगेको समाचार छ ।

उक्त जिल्लामा गएको आइतबार र सोमबार भिषण वर्षा भएको थियो । उक्त वर्षापछि गएको पहिरोमा परी आइतबार कम्तीमा पनि २० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

त्यहाँको प्रहरीले मङ्गलबार बिहानसम्म ५५ जनाको शव भेटेको जनाएको छ भने पहिरोमा अन्य केही परेको हुनसक्ने सम्भावना भएकोले उद्धार जारी रहेको छ ।

रुवान्डेली गृह मन्त्रालयका प्रवक्ता फेडरिक टाओकुरियाओले मृतकमध्ये धेरै बालबालिका रहेको जानकारी दिनुभएको छ । तर यसको सङ्ख्या भने मन्त्रालयले उल्लेख गरेको छैन ।

आइतबारको वर्षाको प्रभाव देशका अधिकांश भूभागमा परेको जनाइएको छ । रुवान्डाले आइतबार ठूलो विपत्तीको सामना गरेको पनि उहाँले बताउनुभयो । उहाँले प्रहरी र सेनाले उद्वारको कार्य जारी राखेको जानकारी गराउनुभएको छ । रासस÷एएफपी

 

LIVE TV