२९ बैशाख २०७३, बुधबार

bom

दाङको स्यूजा गाबिस भवनमा फेला परेको वमलाई नेपाली सेनाले निष्कृय पारेको छ । गाबिसको वडा नम्बर ४ वोझपोखरामा रहेको गाबिस भवनको एउटा कोठामा फेला परेको १५ वटा सकेट वम र बम वनाउन सिकाउने क्रममा तयार पारिएको नमुना २ वटा गरी १७ वटा बम बुधबार नेपाली सेनाले निष्कृय पारेको हो ।

नेपाली सेनाको १९ नम्बर बाहिनी तुलसीपुरबाट गएको डिष्पोजल टोलीले बमलाई निष्कृय पारेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।

अतिरिक्त हुलाक कार्यालय सञ्चालन हुदै आएको गाबिस भवनको उक्त कोठमा खानेपानी कार्यालयका पाईपहरु सँगै रहेको सामानमा उक्त बम मंगलबार फेला परेको थियो ।

LIVE TV