२९ बैशाख २०७३, बुधबार

nigam

नाकावन्दीको नाममा असहज बनेको ग्यासको आपूर्ति नाकावन्दी हटेपनि सहज हुन सकेको छैन । बजारमा ग्यास अझाव अझै पनि उस्तै हुँदा उपभोक्ताहरु सकसमा नै छन् । यता ग्यासको आपूर्तिको जिम्मेवारी लिएको नेपाल आयल निगम भने अझै पनि भारतीय आयल कर्पोरेशनलाई दोष देखाएर थाकेको छैन ।

नाकाबन्दी खुला भएपछि ग्यास दुई महिनायता सामान्यभन्दा बढी आयात भएको बताइएको छ । तर आयात भएको ग्यास भने उभोक्ताको चुल्होमा सहजरुपमा पुग्न सकेको छैन । फ्रेब्रुअरी, मार्च र अप्रिलमा ७४ हजार ३१८ टन ग्यास आयात भएको तथ्यांक छ । जसबाट ५२ लाख ३३ हजार ६६१ सिलिन्डर भरिन्छ । नेपालमा ६२ लाख ग्यास सिलिन्डर भएको अनुमान रहेको छ । नेपाल आयल निगमका निमित निर्देशक मुकुन्द प्रसाद घिमिरेले भारतीय आयल कर्पारेसन (आईओसी)ले ग्यासको लोडिङमा कमी गरेका कारण बजारमा ग्यासको अभाव सिर्जना भएको जिकिर गर्नुहुन्छ ।

नेपाल आयल निगमलाई निर्देशक घिमिरेले पछिल्लो महिना जुन परिमाणमा आयात भएको छ त्योभन्दा बढी आयात भए ग्यास सहज हुने बताउनु भयो ।

अहिले बजारमा सबैभन्दा बढी नेपाल ग्यासको अभाव छ । ग्यास वितरणमा देखिएको अवैज्ञानिक प्रणालीका कारण पनि उपभोक्ताले थप सास्ती भोग्नु परेको छ । पहिला नाकावन्दीको नाममा भएको असहजता अब कम आपूर्तिमा लगेर टार्न खोजिएको छ । टारेर नै समस्या समाधान नहुने तर्फ भने आयल निगमले ध्यान दिन जरुरी छ ।

 

 

LIVE TV