२९ बैशाख २०७३, बुधबार

rain

काठमाडौं उपत्यकासहित देशभर आज पनि पानी पर्ने मौसमविदले बताएका छन् । अपरान्हपछि देशभरको मौसम बदली भई पानी पर्ने मौसमविदहरुको अनुमान छ ।

मौसमविद्हरुका अनुसार काठमाडौंमा बिहान ६ मिलिमिटर पानी परेको छ । स्थानीय वायुको प्रभावका साथै न्युनचापीय क्षेत्र विकास भएको र भारतको उत्तर प्रदेश र बिहारबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भएर पानी परेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो रेकर्ड अनुसार सबैभन्दा धेरै ताप्लेजुङमा पानी परेको छ । त्यहाँ २३ दशमलव ४ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

यस्तै, नेपालगञ्जमा १७ दशमलव ४ मिलिमिटर, दाङमा १५ दशमलव एक मिलिमिटर र धनगढीमा ११ दशमलव ५ मिलिमिटर पानी परेको छ । ओखलडुंगामा ७ दशमलव ६ मिलिमिटर र जुम्लामा ३ मिलमिटर तथा अरु ठाउँमा भने फाट्फुट् मात्रै पानी परेको महाशाखाले जनाएको छ । प्रि मनसुन अन्त्यतिर भएकाले पानी परेको हो । मौसमविद्का अनुसार भोलि पनि पूर्वका केही क्षेत्रमा वर्षा हुने सम्भावना छ ।

LIVE TV