२९ बैशाख २०७३, बुधबार

ppp

द्वन्द्व पीडित तथा मानव अधिकार क्षेत्रका अगुवाहरुले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार नाराबाजी  गरेका छन् । मावन अधिकार विरोधी सहमति रद्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।

केहि दिन अघि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको नौ बुदे सम्झौतामा मानव अधिकार विरोधी सम्झौता भएको भन्दै उक्त सम्झौता खारेज गर्न माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

त्यसैगरी ९ बुदे सम्झौतामा रहेको पीडित विरोधी मुद्धा समेत खारेज गर्न उनीहरुमो माग थियो ।

LIVE TV