२९ बैशाख २०७३, बुधबार

mo

बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक कट्टरपन्थी पार्टीका एक नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ । जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई ढाका स्थित केन्द्रीय कारागारमा फाँसी दिइएको हो ।

जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई फाँसी दिइएको सरकारी अधिकारीले बताएका हुन् । उनलाई सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने क्रममा भएको संघर्षमा मानवता विरुद्ध अपराध गरेको अदालतले ठहर गरेपछि फाँसी दिइएको हो । बंगलादेशको सर्वोच्च अदालतले गएको सोमबार निजामीको फाँसी विरुद्ध परेको अपिल खारेज गरेको थियो ।

सन् २०१३ यता बंगलादेशमा पाँच जना शीर्ष तहका नेतालाई फाँसीको सजाय दिइएको छ । उनी बंगलादेशमा सन् २०१३ देखि अहिलेसम्म फाँसीको सजायँ पाउने पाँचौं नेता हुन् । यसअघिका दुई नेतालाई फाँसी दिँदा बंगलादेशभर प्रदर्शन भएको थियो ।

LIVE TV