२९ बैशाख २०७३, बुधबार

बनेपा। काभ्रेपलाञ्चोकमा बालयौन दुराचार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

कारागार चलानजिल्ला अदालत काभ्रेपलाञ्चोकले माझीफेदा–२ घर भई सल्लेभुम्लु–९ बस्ने २२ वर्षीय नारायण गौतमलाई स्थानीय ११ वर्षीय एक बालकसँग अप्राकृतिक मुखमैथुन गरेको भन्दै पुर्पक्षका लागि मङ्गलबार जिल्ला कारागार धुलिखेल चलान गरेको हो ।

उनलाई गत वैशाख ३ गते पीडितको आफन्तको उजुरीमा पक्राउ गरिएको हो ।

 

 

LIVE TV