२९ बैशाख २०७३, बुधबार

images (6)कालीखोला–९ का विजय चापागाइँ अवकाश प्राप्त शिक्षक हुन् । हरिसे निमाविमा २२ वर्ष पढाएका उनी कालिखोला सामुदायिक वन उपभोक्ता समितिमा सचिव छन् । शिक्षिण छाडेपछि सामाजिक काममा लागेका उनी स्थानीय निकायको निर्वाचनमा जनप्रतिनिधि बन्न चाहन्थे । त्यसैले राजनीतिमा सक्रिय पनि हुन थाले । तर, जंगली जनावरको आतंकले गाउँमा बस्न सक्ने अवस्था नभएपछि परिवारै लिएर अर्को जिल्ला पाँचथरको फलैचा बसाई सरेका छन् ।

कालिखोला ४ कै खोमनाथ बानियाको परिवार पनि जंगली जन्तुकै डरले बसाईँ सरेर फलैंचा गाविसमा पुगेको छ । ओत लाग्नका लागि गाविसको जीर्ण भवन उनको परिवारको साहरा बनेको छ । १० मुरी धान फल्ने खेतीसहित गाउँ छाड्न बाध्य बानियाँ अर्काको जग्गा कमाउँछन् । अधिया भर्छन् र परिवारको पालनपोषण गर्छन ।

विजय र खोमनाथ मात्र होइनन् । वन्यजन्तुको त्रासले २२ घरले गाउँ छाडिसकेका छन् । अधिकांश नजिकको फलैचा गाविसमै छन् । गाउँमै रहेका अरु परिवार पनि गाउँ छाड्ने सुरसारमा छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV