२८ बैशाख २०७३, मंगलवार

ncell

दुरसञ्चार कम्पनी एनसेलले यस बर्ष थप करीव १२ अर्व रुपैयाँ दुरसञ्चार पूर्वाधारको विकासमा लगानी गर्ने भएको छ । सन २०१६ को एक बर्षको अवधिमा एनसेलले नेपालको दुरसञ्चार सेवाको लागि गर्न लागेको यो लगानी हाल सम्मकै उच्च बार्षिक लगानी हो ।

नेपालको दुरसञ्चारको सेवा र पुर्वाधारमा लगानी गदै आएको एनसेलले यो. बर्ष  भित्रमा करीव १२ करोड अमेरिकी डलर झण्डै १२ अर्व नेपाली रुपैया लगानी गर्ने तयारी  गरेको छ । एनसेलले नेपालको दुरसचार क्षेत्रमा आक्रामक रुपमा आफ्ना सेवाहरु बिस्तार गर्न लागेको जनाउदै नेपालको दुर्गम र ग्रामिण क्षेत्रमा दुरसञ्चार सेवाको पहुँच बिस्तार गर्ने जनाएको छ ।

एनसेलले काठमाडौ उपत्यका बाहिर पनि आफनो सेवालाई प्रभावकारी बनाउने र आम नागरिकलाई दुृरसचार सेवा प्रदान गर्न बार्षिक रुपमा ठुलो लगानी गर्न लागेको एनसेलका प्रवन्ध निर्देशक साइमन पकिन्सले जानकारी दिनु भयो ।

एनसेलले काठमाडौ उपत्यकामा भुकम्प प्रतिरोधात्मक डेटा सेण्टर निर्माण गर्न र सेवा प्रदायकलाई प्रभावकारी सेवा प्रदान गर्न सो लगानी गर्न लागेको जनाएको छ । भुकम्पबाट प्रभावित क्षेत्रमा पनि एनसेलले दुरसञ्चार तथा मोवाइल सेवालाई प्रभावकारी बनाउने जनाएको छ । एनसेलले देशभर नै प्रभावकारी नेटवर्क सेवा बिस्तार गर्न दुरसञ्चार प्रणालीलाई बिस्तार गर्ने जनाएको छ । एनसेलले बिपत्तीमा परेका सेवा प्रदायकलाई तत्काल सेवा प्रदान गर्न स्तरिय प्रविधिको विकास तथा बिस्तार गर्ने जनाएको छ ।

LIVE TV