२८ बैशाख २०७३, मंगलवार

aayog b

बनेपा, सशस्त्र द्वन्द्वका क्रममा भएका घटनामा पीडित भएको भन्दै काभ्रेपलाञ्चोकमा बेपत्ता पारिएको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका लागि भिन्दाभिन्दै उजुरी परेका छन् ।

बेपत्ता पारिएको छानबिन आयोगका लागि १८ र सत्यनिरुपण तथा मेलमिलाप आयोगका लागि ६५ वटा उजुरी परेको स्थानीय शान्ति समिति धुलिखेलका सचिव श्याम परियारले जानकारी दिनुभयो ।

उहाँले दर्ता भएका सबै मुद्दा सम्बन्धित आयोगमा पठाएको जानकारी दिँदै सत्य निरुपण मेलमिलाप आयोगमा हत्या, विस्थापन, जेल, हिरासत, अङ्गभङ्ग घाइते र शारीरिक तथा मानसिक यातनासम्बन्धी मुद्दा धेरै दर्ता भएको बताउनुभयो ।

“उजुरी दिनप्रतिदिन बढ्दो छ”, उहाँले भन्नुभयो । बेपत्ता पारिएको छानबिन आयोगको लागि वैशाख २ गतदेखि जेठ मसान्तसम्म अन्तिम र सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि वैशाख ५ गतेसम्म अन्तिम म्याद तोकिएको छ । रासस

 

LIVE TV