२८ बैशाख २०७३, मंगलवार

drone attack

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार राति नेटोसँगआबद्ध संयुक्त सेनाले गरेको मानवरहित विमान (ड्रोन) आक्रमणमा सात तालिवान आतङ्ककारी मारिएका छन् ।
एक अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । चहार दरा जिल्लाको नाहर सुफि इलाकामा एक सवारी साधनलाई लक्ष्यगरी गरिएको यस ड्रोन आक्रमणमा सात आतङ्ककारी मारिनुको साथै अन्य दुई जना घाइते भएका जिल्ला गभर्नर जुल्माई फारोकीले बताउनु भएको छ ।
हवाई आक्रमणमा लक्ष्य गरिएको सो सवारी साधन अफगान राष्ट्रिय प्रहरी (एएनपी)सँग सम्बन्धित रहेको बताइएको छ ।
उक्त सावारी साधन प्रान्तीय राजधानी कुन्दुज सहरमा आतङ्ककारी समूहले गत बर्ष कब्जामा लिएको गभर्नरले थप जानकारी दिनु भएको छ ।
प्राप्त अर्को एक समाचारअनुसार बाघलान प्रान्तको छिमेकमा पर्ने इलाकामा तालिवानका सैनिक प्रमुख अब्दुल जबार मर्दानको अफगान सुरक्षाबलले सोमबार गरेको कारबाहीमा मृत्यु भएको छ ।
प्रान्तीय अधिकारीले सो जानकारी दिनु भएको छ । यस विषयमा तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । रासस ÷एपी

 

LIVE TV