२८ बैशाख २०७३, मंगलवार

rato

ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई अपरान्ह ४ बजे पुल्चोकबाट तानेर गाबहालमा पुर्याइनेछ ।

मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगालमा निर्माणाधीन रथमा रथारोहण गरिनेछ । मीननाथको रथलाई टंगालबाट तानेर पुल्चोक पु¥याएपछि मात्र रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट तान्ने परम्परा छ ।

मीननाथको रथलाई मच्छिन्द्रनाथको रथको पछि पछि लगिने छ । मच्छिन्द्रनाथको रथयात्राकै सन्दर्भ पारेर आज ललितपुर गाबहालका स्थानिबासिन्दाले छवयाभू मनाइरहेका छन् ।

LIVE TV