२८ बैशाख २०७३, मंगलवार

 

फिल्म ‘गाँजा बाजा’को निर्देशक गणेश देव पाण्डेले चलचित्र बिकास बोर्ड बिरुद्ध रीट दायर गरेका छन् । लिखित र मौखित निबेदनलाई बारम्बार बिकास बोर्डले बेवस्ता गर्दै फिल्मको नाम ‘गाँजा बाजा’ अश्विकार गरेको भन्दै अदालतमा बोर्ड बिरुद्ध निर्देशक पाण्डेले रीट दायर गरेका हुन् ।
‘गाँजा बाजा’फिल्मको नामलाई चलचित्र बिकास बोर्डले दर्ता अश्विकार गरेपछि त्यहि नाममा फिल्म निर्माण गरी पाउँ भनि निर्देशक पाण्डेले सर्बोच्चमा रीट हालेका हुन् । यसरी निर्देशक पाण्डेले रीट दायर गर्दै गर्दा उनको फिल्मको छायाङकन भने पुर्ण रुपमा सकिसकेको छ ।

asdaraa
निर्देशक पाण्डेका अनुसार प्रतिलीपि अधिकार रजिष्टरको कार्यलय बाट पनि ‘गाँजा बाजा’शिर्षकमा दर्ता प्रमाणपत्र पनि पाईसकेको छ । तर बिकास बोर्डले भने कानुन बिपरीत फिल्म दर्ता अश्विकार गरेको भन्दै त्यसको बिरुद्धमा अदालत पुगेको निर्देशक पाण्डेले दाबी गरेका छन् ।
यसै बिषयमा आज दिउँसो एक पक्षिय बहस हुदैछ । ‘गाँजा बाजा’फिल्मको पक्षबाट वकिल स्वागत नेपालले वकालत गर्नेछन् । त्यसपछि मुद्धा र बयानको आधारमा सर्बोच्चले बिकास बोर्डलाई स्टे अर्डर दिने सम्भावना छ ।
यता चलचित्र बिकास बोर्डका पदाधीकारीले भने लागु औषधको बिषयको टाईटल दिन नहुने बताउँदै आएका छन् ।

 

LIVE TV