२८ बैशाख २०७३, मंगलवार
व्यवस्थापिका संसदको बैठकमा सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावमाथि छलफल हुँदैछ।
व्यवस्थापिका संसदसंसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्ताव उपर छलफल हुने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए।
सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरुले सोमबार संशोधन प्रस्ताव दर्ता गरेका थिए। कांग्रेसले १६ बुँदे संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ भने अन्य साना दलले पनि केही संशोधन प्रस्ताव दर्ता गरेका छन्।
संसद सचिवालयले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्न सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय दिएको थियो।

LIVE TV