२७ बैशाख २०७३, सोमबार

सरकारको आर्थिक वर्ष २०७३÷७४ को नीति तथा कार्यक्रममा विद्यार्थीलाई प्रमाणपत्र धितोमा राखि ऋण दिने भनेपछि विद्यार्थीमा उत्साह छाएको छ । सवै विद्यार्थी आफ्नो प्रमाणपत्र धितोमा राखेर ऋण पाउने आशामा छन् । तर शिक्षा मन्त्रालयले भने गरिव, जेहन्दार र विपन्न वर्गका विद्यार्थीलाई मात्र त्यस्तो ऋण दिइने प्रष्ट पारेको छ । शैक्षिक ऋण विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि मात्र खर्चन पाउँनेछन् ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३–७४ को बजेटको नीति तथा कार्यक्रममा विद्यार्थीलाई शैक्षिक ऋण दिइने विषयले अहिले खूबै चर्चा पाएको छ । उक्त नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै आर्थिक रुपले कमजोर विद्यार्थीहरुले थप अध्ययनका लागि शैक्षिक ऋण प्राप्त गर्नसक्नेछन् । सरकारले शैक्षिक ऋण उपलव्ध गराउने भएपछि पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिक अवस्थाका कारणले पढाई अगाडि वढाउन नसक्नेको लागि पढने अवसर प्राप्त हुनेछ । यसरी उपलव्ध गराइने शैक्षिक ऋण प्राविधिक शिक्षा अध्ययन गर्न चाहने जेहन्दार, गरीव र विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गरी ल्याउन लागिएको शिक्षा मन्त्रालयले जनाएको छ । वजेट विनियोजन पश्चात मन्त्रालयले शैक्षिक ऋण प्रदान सम्वन्धी कार्यविधि निर्माण गर्ने र त्यसमै उक्त ऋृण पाउने विद्यार्थीका सीमा समेत निर्धारण हुने मन्त्रालयकी उपसचिव सरस्वति पोखरेलले जानकारी दिनुभयो ।

सरकारले आफ्नो नीति तथा कार्यक्रमा शैक्षिक ऋणलाई महत्वका साथ दिएझै वजेट पनि विनियोजन ग¥यो भने वजेट अभावका कारणले पढ्न नपाएका विद्यार्थीहरुको सपना साकार हुनेछन् । त्यसैले सरकारले यो कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेर कार्यान्वयन गरे पक्कै पनि विद्यार्थीहरु लाभन्वित हुने निश्चित छ ।

LIVE TV