२७ बैशाख २०७३, सोमबार

विश्व स्वास्थ्य संगठनले दस वर्षअघि नै काठमाडौं उपत्यकाको प्रदूषण स्तरलाई ‘खतरा’ को सूचीमा राखेको थियो । उपत्यकाको हावाको गुणस्तर त्यतिबेलै दस गुणा बढी प्रदूषित थियो। त्यतिबेलै त्यति प्रदूषित वातावरण अहिले कहाँ पुगेको होला कुनै अन्दाज गर्न पनि कहालीलाग्दो अवस्था छ । राजधानीको प्रदुषण यहि रफ्तारले कायम रहे आउँदो १० ÷ १२ बर्षमा फोक्सोको क्यान्सर लगायतका रोगीहरुको संख्या भयानक बढ्ने चेतावनी चिकित्सकहरुको छ ।

एक जना मानिसले दिनभरिमा लगभग २२ हजार पटक श्वास फेरेको हुन्छ र त्यसको लागि २५ केजी शुद्ध अक्सिजनको आवश्यकता पर्छ तर बढ्दै गएको वायु प्रदुषणले उपत्यकामा प्रत्येक वर्ष लगभग एक हजार छ सय जनाको मृत्यु हुने र दमलगायत विभिन्न रोगले १८ हजारभन्दा बढी प्रभावित हुने गरेको छ । अन्य समयको तुलनामा फागुनदेखि जेठसम्मको समय उपत्यका धेरै प्रदुषण फैलिएको हुन्छ । आम सर्वसाधारणले पटक पटक प्रदुषणले स्वास्थ्यमा निकै असर परिरहेको आवाज उठाइरहेका छन् ।
प्रदुषणका कारण काठमाडौँ सहरको वायु मण्डलमा कार्वन डाइअक्साइड, कार्वन, सिसा जस्ता विभिन्न हानिकारक तत्वको मात्रा बढ्दो छ, जसको कारणबाट मानिसमा दम, उच्च रक्तचाप, निम्न रक्तचाप, क्यान्सर, अचेत, हृदयघात आदि रोग बढेको छ वा बढ्ने तीव्र सम्भावना छ । चिकित्सकहरुले पनि काठमाडौँको प्रदुषणले स्वास्थ्य समस्या अत्यन्तै बढेको जिकिर गरेका छन् । आउँदो १० ÷ १२ बर्षमा मा उपत्यकाबासीमा फोक्सोको क्यान्सर दम लगायतका रोगीहरुको संख्या भयाभह बढ्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

कचौरा आकारको काठमाडौँ उपत्यकाको बनोट अनुसार यहाँ भएको प्रदुषित हावा उपत्यका बाहिर न्यून एकाईमा निष्काशन हुन्छ त्यसैले पनि काठमाडौँ उपत्यकाको वायु प्रदुषण रहित राख्न आवश्यक छ । वातावरणीय प्रदुषण सँगसँगै देखापरेका समस्याको सुधार नभए अम्लीय वर्षाको गम्भीर समस्याको चापमा काठमाडौँ उपत्यका पर्न सक्ने बैज्ञानिकहरुले बताएका छन् ।

LIVE TV