२७ बैशाख २०७३, सोमबार

जुम्ला। आत्मसम्मानका लागि सहकार्य (क्याड)ले जुम्लामा प्रारम्भ गरेको छाउपडी न्यूनीकरण अभियानले महिलाको स्वास्थ्यमा सुधार ल्याएको छ ।

mugu-2नेपालको मध्य तथा सुदूरपश्चिमका ग्रामीण भेकमा अहिले पनि महिला छाउ गोठमा बस्दै आएका छन् । तथापि यो बाध्यताबाट जुम्लाका महिला भने माथि उठ्न सफल भएका छन् । मानवअधिकार उलङ्घनसँग जोडिएको सामाजिक कुप्रथा अन्त्य गर्न क्याड जुम्लाले विगत चार वर्षदेखि थालेको छाउपडी न्यूनीकरण अभियानबाट महिलाको स्वास्थ्य अवस्थामा सुधार आएको अधिवक्ता मीनबहादुर महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, सरकारले जारी गरेको छाउपडी उन्मूलन निर्देशिका, २०६४ सुषुप्त अवस्थामा छ, त्यो कार्यान्वयनमा आउनु पर्दछ ।

जिल्ला शिक्षा अधिकारी कूलबहादुर फडेराले सबै शिक्षा पाठ्यपुस्तकमा नहुने भन्दै नवयुगमा प्रवेश गर्ने किशोरकिशोरीलाई अतिरिक्त ज्ञान दिने क्याड जुम्लाले सराहनीय कार्य गरेको बताउनुभयो ।
महिला विकास अधिकृत अनिता ज्ञावलीले यहाँका महिलाको स्वास्थ्य स्थितिमा सुधार ल्याउने कार्यक्रम सबैका लागि स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले कार्यक्रमबाट प्रजनन स्वास्थ्य, मानवअधिकार सुदृढ हुनुको साथै लैङ्गिक हिंसा न्यूनीकरणमा पनि सहयोग पुगेको धारणा राख्नु भयो ।
छाउपडी न्यूनीकरण अभियान गाविसस्तरीय बाल सञ्जाल र विद्यालयमा गठित बाल क्लबको साथ लिएर सरोकारवालालाई त्यसबाट जिम्मेवार बनाउने ध्येयले अनुशिक्षण दिइएको क्याड जुम्लाका कार्यकारी निर्देशक धनबहादुर गौतमले जानकारी दिनुभयो । जिल्लास्तरीय छाउपडी समन्वय समितिले यसअघि नै जिल्लाका ११ वटा गाविसमा छाउपडी निगरानी समिति गठन गरिसकेको छ, तिनलाई सशक्त बनाएर यो कुप्रथा न्यूनीकरण अभियानलाई तीव्र बनाउँछौँ, निर्देशक गौतमले भन्नुभयो ।

उहाँका अनुसार अभियानले यहाँको महिलाको स्वास्थ्य अवस्थामा सुधार ल्याएको छ भने लैङ्गिक हिंसा न्यूनीकरणमा सघाउ पु¥याएको छ । अनुशिक्षणमा सहभागी सञ्जाल÷क्लबसँग आबद्ध किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य विषयमा जानकारी दिँदै २० वर्षपछि मात्र विवाह गर्न सुझाइएको छ । यो अभियान लाम्रा, हाँकु, तातोपानी, कुडारी, रारालिही तातोपानी गाविसमा थालिएको छ ।

LIVE TV