२६ बैशाख २०७३, आईतवार

pakrau-Murder_Case_Bardiya_699001956 (1)

स्वयम्भु प्रहरीले लुटपाटमा संलग्न भएको अभियोगमा सात युवायुवतीलाई पक्राउ गरेको छ । सस्तो मूल्यमा सुन खरिद गर्न पुगेका व्यापारीलाई लुटपाट गरी फरार युवाहरुलाई प्रहरीले आइतवार सार्वजनिक गरेको हो ।

उक्त समूहले वैशाख ७ गते धनुषाका वलराम साहलाई वजार मूल्यभन्दा सस्तोमा  सुन दिन्छु भनी वोलाएर उनको साथमा रहेको नगद तथा सुनका गरगहनाहरु लुटेर फरार भएको थियो । प्रहरीले दुई हप्तापछि रुपन्देही, वुटवलका लक्ष्मण न्यौपाने, नुवाकोटका विनोद गोतामे, धादिङका कमल गिरी, रुपेश श्रेष्ठ, गोरखाका सुजन बसेल र ललिपुरका सविन शाक्य र डायना शाक्यलाई रुपन्देहीवाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उनीहरुको साथवाट ८ लाख नगदको साथै सुनका विभिन्न गरगहना तथा चार थान मोटरसाइकलहरु पनि वरामद गरेको छ । हतियार लेखाएर उनीहरुले साहको ८२ लाख ५० हजार लुटेको भए पनि आठ लाख मात्र वरामद भएको छ । वाँकी रकमबारे अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

LIVE TV