२६ बैशाख २०७३, आईतवार

afgh

अफ्गानिस्तानको गजनी प्रान्तस्थित एक मुख्य राजमार्गमा सवारी दुर्घटनामा हुदा ५्र२ जनाको मृत्यु भएको छ । दुईवटा बस र एउटा ईन्धन बोकेको ट्यांकर आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी ७३ जना घाईते भएका छन् ।

राजधानी काबुल जोडिने मुख्य राजमार्गमा भएको दुर्घटनापछि तीन वटै सवारी साधनमा आगलागी भएको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । अफ्गानिस्तानमा कमजोर ट्राफिक व्यवस्था तथा सडक संरचनाका कारण अत्यधिक सवारी दुर्घटना हुने गरेको छ ।

LIVE TV