२६ बैशाख २०७३, आईतवार

गोरखा खरिबोट  घर भएका सुरेन्द्र  धिताल काठमाडौँमानै आफ्नो भबिष्य खोज्दै थुप्रै बर्ष  बिताए, काठमाडौँमा मिलेका जागिर जति सबै खान पनि भ्याए तर लामो समय सम्म कुनै  प्रगति हुन नसकेपछि उनि एकाएक जापानिज भाषा सिक्न थाले र भाषा पनि मज्जैले सिके । जब उनलाई भाषा आयो    उनले अरुलाई पनि सिकाउन थाले र केहि पैसा कमाउन पनि थाले तर उनको कमाइले चित्त नबुझे पछि  उनी जापानमा पढ्न जाने  अन्तिम निर्णयमा पुगे । केहि बर्ष अघि जापान पुगेका धितालको गुनासो फेरि उस्तै छ । ”जहाँ गएपनि दुखै दुख नहुने रहेछ हो सुख ” भन्दै फेसबुकमा यस्तो स्टाटस पोष्ट गरे ।

जापानमा बस्छु…….

साथीहरुले समयमा गईस भन्छन् , ठाउँमै गइस भन्छन्
तर उनीहरुलाई के थाहा मार्लबोरो भन्दा सुर्य कति राम्रो ?
म्याक डुनलको कफीले कहाँ त्यो स्वाद दिन्छ, जुन पराजुली क्याफेको चिया
पिज्जा जति ठुलो भए पनि तेही मोमोको डल्लो मुखमा हाल्न मन लाग्छ
ब्रान्डेड लुगा अब कसलाई देखाउनु छ र यहाँ ? ट्रेनमा एक्लै कतै जाँदा
बाईकमा ३ जना साथि चढ़या याद आउंछ
रक्सी खान साथी हुन्थे पैसा हुन्नथ्यो !!
अहिले पैसा रक्सी सबै छ तर गफ
लडाउँदै खाने साथीहरु छैनन् !!
डिस्कोको रमझम भन्दा भट्टीको साथीहरु संग को
गफ आनन्द आउने रहेछ
यो शहरमा २४ घण्टा बत्ती छ
तर मन तेही अँध्यारो गल्लीमा बस्या रहेछ
ठुला बिल्डिंगहरु देखेर दिक्क लागि सक्यो
फेरि त्यहि पहाड र हिमाल को काखमा सुत्न मन लाग्यो
आमाको हातले बनाएको खाना र बाउको गालि नखाई निद्रा लाग्दैनथ्यो
अहिले बिहानको खाना माइक्रोवेब मा खानु पर्या छ
हो नेपालमा अहिले जिन्दगि त कठिन नै छ
तर कमसेकम जिन्दगि त छ
बिदेशमा लाइफ स्टाइल छ तर लाइफ रहेनछ
जब लाइफ नै छैन तब लाइफ स्टाइल को के मतलब ?

df

LIVE TV