२६ बैशाख २०७३, आईतवार

आज कानुन दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै छ । नेपालमा आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रुपमा मनाइँदै आएको छ ।

suprime-court-adalat-naya
दिवसको अवसरमा काठमाडौंसहित देशका विभिन्न भागमा कार्यक्रम हुँदैछ । दिवसका अवसरमा प्रधानन्यायाधीश सुशीला कार्कीले ६ दशक अगाडि स्थापित न्यायपालिका र अवलम्बित न्याय पद्धतिले नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले जिम्मेवारीबोधका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । कानुन दिवसको सन्दर्भमा उहाँले एक सन्देश दिनुहुँदै विभिन्न समयमा देखापरेका चुनौतीको सामना गरी न्यायपालिकाको स्वतन्त्रतालाई जोगाइराख्न अमूल्य योगदान गर्नुहुने सबैप्रति सम्मान पनि व्यक्त गर्नुभएको छ ।
न्यायपालिकाका सत्प्रयासलाई आगामी दिनमा अझ बढी घनिभूत बनाई न्यायपालिकाको स्वतन्त्रता एवम् स्वायत्ततासम्बन्धी मूल्य मान्यताहरूको प्रवद्र्धन गर्दै सक्षम, सुलभ, छिटो छरितो, सहज पहुचयुक्त र जनआस्थामा आधारित न्याय पद्धतिमार्फत नेपाली समाजमा न्याय व्यवस्था बनाइराख्न दिवसले सबैलाई थप हौसला र प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नु भएको छ ।

LIVE TV