२६ बैशाख २०७३, आईतवार

सरकारको नीति तथा कार्यक्रम पेश हुने क्षणलाई विशेष बनाउने तयारी, संसद सचिवालय, नेपाली सेना र ट्राफिक प्रहरी आवश्यक गृहकार्यमा ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम पेश हुने क्षणलाई विशेष बनाउने तयारी भएको छ । यसअघि जस्तै राष्ट्रपतिको सवारी र संसदमा स्वागतको लागि त्यसै अनुसारको गृहकार्य भइरहेको छ ।

Bidhya-Bhandari
संसद सचिवालय, नेपाली सेना र ट्राफिक प्रहरीले यसअनुसार आवश्यक गृहकार्य सुरु गरेका छन् । आइतबार दिउँसो ४ बजे संसद भवन नयाँ बानेश्वरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपरान्ह दुई बजेपछि शितल निवासबाट निस्कनुहुनेछ । शितल निवासबाट बबरमहलसम्म नेपाली सेनाले विशेष सवारी चलाउनेछ । ट्राफिक प्रहरीले त्यसको व्यवस्थापन गर्नेछ । बबरमहलबाट संसद भवनसम्म भने अगाडि पछाडि घोडसहितको रिसल्ला हुनेछ । घोडालाई रंगीचंगी बनाएर आकर्षक ढंगले राष्ट्रपतिको सवारी बानेश्वरसम्म पुर्याउनेछ । यसका लागि पनि सेना र ट्राफिक प्रहरीले तयारी थालिसकेका छन् ।
राष्ट्रपति भण्डारी पौने ४ बजे संसद भवन पुग्ने कार्यक्रम छ । संसदको मूल ढोकामै सेनाको टुकडीले सलामी दिनेछ । राष्ट्रपतिको स्वागतका लागि संसद भवनको मूल ढोका, सलामी ग्रहण गर्ने ठाउँ, रोष्टम र भवन आसपासको क्षेत्रलाई फूलमाला र नेपाली झण्डाले झकिझकाउ पारिँदैछ । राष्ट्रपति पुग्नु अगाडि नै उपराष्ट्रपति, प्रधानन्यायाधीस, प्रधानमन्त्री, विदेशी कुटनीतिज्ञ लगायत बिशिष्ट पाहुना र साँसदहरु पुगिसकेका हुनेछन् ।
राष्ट्रपति पुगे लगत्तै संसद बैठक सुरु हुनेछ । सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको जानकारी गराएपछि राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ ।

LIVE TV