२६ बैशाख २०७३, आईतवार

स्वाभिमान र समृद्धिको अभियानमा, निरन्तर न्यूज । नमस्कार, यो हो न्यूज २४ टेलिभिजन । मर्निङ न्यूजमा स्वागत छ।
सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । राष्ट्रपति भण्डारीले पहिलो पटक सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्न लाग्नुभएको हो । सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचनको तयारी, विनाशकारी भूकम्पले पु¥याएको भौतिक क्षतिको पुनःनिर्माण, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय समावेश गरिएका छन् ।
मर्निङ न्यूजका हेडलाईनहरु
१. सरकारले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, पुनःनिर्माण, सामाजिक सुरक्षालगायतका विषय समावेश ।
२. सरकारको नीति तथा कार्यक्रम पेश हुने क्षणलाई विशेष बनाउने तयारी, संसद सचिवालय, नेपाली सेना र ट्राफिक प्रहरी आवश्यक गृहकार्यमा ।
३. आज कानुन दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै, न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मान्यताको प्रवद्र्धनमा प्रेरणा मिल्ने प्रधानन्यायाधीश कार्कीको विश्वास ।
४. इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीद्वारा एभर्टनमाथि ३–१ को सहज जित दर्ता, चेल्सीलाई हराउँदै सन्डरल्याण्ड रेलिगेशन जोनबाट माथि उक्लियो ।
५.र, सिरियामा अपरणमा परेका ३ जना स्पेनिस पत्रकार रिहाइपछि स्वदेश फर्कदैं, रिहाइका लागि टर्की र कतारको महत्वपूर्ण भूमिका ।

morning news

LIVE TV