२६ बैशाख २०७३, आईतवार

भारतका एक चचित जादूगरले शनिबार दिउँसो एक बालिकालाई मञ्चमा बोलाउँदा उनीकी आमा निकै खुसी भएकी थिइन्।

4x6-15_smallजब ती बालिकालाई जादुगर भण्डारीले ठड्याएको तरबारको टुप्पोमाथि अड्याएर सुताए। त्यत्तिबेला ती बालिकाकी आमाले डरले आँखा छोपिन्। त्यत्तिमात्र होइन। ती जादुगरको सहायकले बालिकालाई अड्याएर राखेका तरबार पनि हटाए, आजको राजधानी दैनिकमा खबर छापिएको छ।

यतिबला भने ती बालिका हावामा अडिरहेकी थिइन्। ठड्याइएको तरबारका धारिलो टुप्पामा अडिएकी छोरी त्यो तरबार हटाउँदा हावामा अडिएको देखेर ती बालिकाकी आमाले खुसीले ताली बजाइन्। यतिबेलासम्म हलभरि रहेका दर्शकले उठेर ताली बजाए।

यसपछि ती बालिकालाई पुनः होसमा ल्याएर जादुगरले सोध्दा ती बालिकाले आफूलाई त्यसअघि केही पनि थाहा नभएको बताइन्।शनिबार बिहान मात्र आफ्ना सात सदस्यीय टोलीसहित काठमाडौं आएका भारतीय जादुगर कृष्ण भण्डारीले शनिबार दिउँसो राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा थरीथरीका जादु देखाएर दर्शकलाई चकित तुल्याए।

उनको जादु हेर्न सभागृहमा दर्शक भरिभराउ थिए। उनलाई जादु देखाउनका लागि फक्स वागेन कारको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल प्रालिले काठमाडौं ल्याएको हो। करिब दुई घन्टाको प्रस्तुतिमा जादुगर भण्डारीले ठुला साना गरेर डेढ दर्जनभन्दा बढी जादुका कलाहरू देखाए।

LIVE TV