
नेपाल जाँदै हुनुहुन्छ? सुनै सुनले सजिएर जान मन छ? छ भने दुबई एयरपोर्ट आउनुहोस् मौका छ, आजको कान्तिपुरमा खबर छ।
छैन भनेपनि हतपती धर पाउनुहुने छैन। एयरपोर्ट छिर्नेबित्तिकै सुन बोकेर र गहना लगाएर जानैपर्ने अनुरोध गर्दै कुनै व्यक्तिले पछ्याउन सक्नेछ। सजिएर गइदिएवापत राम्रै पैसा पनि मिल्नेछ।
डराउनु पर्दैन त्यसवापत कुनै खतरा छैन। कुनै नियम कानुन उल्लंघन हुने वा पक्राउ पर्ने डर छैन।
त्यसो भए किन नपहिरिने? अलिकति सुन बोकेर किन नलगिदिने? तपाईँ यो निचोडमा पुग्नुहुनेछ। अर्को पुग्नेछ। त्यसो गर्दा गर्दै यताबाट नेपाल जाने अधिकांश यात्रु‘सुन भरिया’ बन्छन्। व्यक्ति फकाएर सुन लगि ठूलो मात्रामा राजश्व छल्ने र दुई नम्बरी बजारमा पुर्याउने धन्दा खुब फस्टाएको छ। यसलाई सहज बनाएको हो-नेपाल सरकारको फितलो नियमले।