२५ बैशाख २०७३, शनिबार

rp

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, भारतको उज्जैनमा आएको प्राकृतिक विपत्ति लगायका कारण राष्ट्रपतिको भारत भ्रमण स्थगित गर्नुपरेको स्पष्ट पार्नभएको छ । उहाँले सरकारको नीति र सोंचलाई अघि बढाउन सहज होस भन्ने हेतुले भारतका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउनु परेको जिकिर समेत गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका भारत भ्रमण स्थगित र भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयवारे व्यवस्थापिका संसदलाई जानकारी दिदै उपप्रधान तथा परराष्ट्र मन्त्री थापाले उक्त घटनाका सम्वन्धमा सञ्चार माध्यममा आएका कुराहरु अस्वभाविक र अतिरञ्जित भएको बताउँनुभयो । केही दिनयता नेपाली राजनीतिमा देखिएको घटनाक्रम, भारतको उज्जैनमा विपत्ति कारण भएको क्षति, संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्नुपर्ने कारणले भ्रमण स्थगित भएको उँहाको भनाई छ ।

यस्तै गरी वर्तमान सरकारको नीति, सोच र कार्यक्रम अनुसार अगाडि बढ्न सहज होस् भनेर भारतकालागि नेपाली राजदुत उपाध्यायलाई फिर्ता बोलाउन परेको थापाले स्पष्ट पार्नुभयो ।

राजदूत उपाध्यायलाई फिर्ता बोलाउने सम्वन्धमा केही पक्षवाट आएका अतिरञ्जित टिप्पणीको पछाडि कुनै बस्तुगत आधार नभएको परराष्ट्र मन्त्री थापाको भनाई छ । राजदूत उपाध्यायलाई सरकारको कार्यक्रम र सोचँवारे पहिले नै स्पष्ट पारिएको थापाको भनाई थियो । यस्तै गरी थापाले राष्ट्रपति भण्डारीको भ्रमण स्थगनले नेपाल र भारतबीचको सम्वन्धमा कत्तिपनि तीत्तता सिर्जना नगर्ने दावी गर्नुभयो ।

यस अघि नेपाली काँग्रेसको तर्फबाट सांसद प्रकाशशरण महतले संसद वैठकमा राजदूत उपाध्यायको फिर्ता प्रकरण बारे आपत्ति जनाउदै सरकारको जवाफ माग गर्नु भएको थियो ।

 

LIVE TV