२५ बैशाख २०७३, शनिबार

नवलपरासी, नवलपरासी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज दुईजना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको दुम्कीबासमा–१ दाउन्नेदेवी पेट्रोलपम्प नजिकै रहेको कल्भर्टमुनि एक पुरुषको वेवारिसे शव फेला परेको छ ।

शवको टाउको नभएको र शरीरपनि सडिसकेको अवस्थामा रहेको इलाका प्रहरी कार्यलय, नयाँ बेलहानीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै, कावासोती नगरपालिका–१३ पिठौलीमा एकजना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार शव नारायणी नदी किनारमा फेला परेको हो । रासस

 

LIVE TV